नारायण वाग्ले १० वर्षपछि पुन: कान्तिपुरका प्रधान-सम्पादक



२९ असार २०७५, काठमाडौँ

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा पत्रकार नारायण वाग्ले नियुक्त भएका छन्। दश वर्ष प्रधान सम्पादक रहेका सुधीर शर्माले राजीनामा  दिएपछि रिक्त रहेको कान्तिपुर दैनिकको सम्पादकीय नेतृत्व नारायण वाग्लेले लिएका हुन् ।

संयोग कस्तो छ भने वाग्लेले कान्तिपुरबाट राजिनामा गरेपछि शर्मा सम्पादक भएका थिए भने अहिले शर्माले राजिनामा गरेपछि वाग्ले प्रधान सम्पादक बनेका छन् ।

कान्तिपुर छाडेपछि पछि उनी नागरिक दैनिकमा तीन वर्ष प्रधान-सम्पादक भए।पल्पसा क्याफे उपन्यासबाट मदन पुरस्कार जितेका वाग्लेलाई शुक्रबार नयाँ प्रधान सम्पादकका रुपमा कान्तिपुर समूहले स्वागत गरेको छ।

दी काठमाण्डू पोस्टका सम्पादक अखिलेश उपाध्यायले पनि शर्मासँग राजिनामा गरिसकेका छन्। पोस्टमा सम्पादक को हुने अझै तय भएको छैन।

प्रतिक्रिया दिनुहोस्