छिमेकीहरुसँग ६० लाख ऋण लिएर महिला वेपत्ता



२९ असार २०७५ ,सप्तरी

गाउँ भरीका छिमेकीहरुसँग ऋण उठाएर छिमेकी एक महिला वेपत्ता भए पछि यतिबेला सप्तरीको खडक नगरपालिका स्थित १० नम्बरको इनरुवा फूलबारीका महिलाहरु समस्यामा परेका छन्।

स्थानिय हेमनारायण चौधारीको पत्नी रामपरीदेवीले पति विदेश गएपछि छोरा इन्द्रनारायण र ध्रुवको पढाई र घर खर्चमा अभाव भएको भन्दै घरलौरी ऋण उठाएर वेपत्ता भएको पिडितहरुको गुनासो रहेको छ।

हेमनारायण चौधारी र रामपरीदेवीका दुई छोरा मध्धे इन्द्रनारायण भारतको बेंगलोर र ध्रुव राजविराजमा अध्ययनरत छन।

यतिबेला गाउँका लगभग ४० जना महिलाहरुले ईलाका प्रहरी कार्यालय कल्याणपुरमा वेपत्ता रामपरी विरुद्द उजुरी दर्ता गराएका छन्। रामपरीले आफुहरुलाई व्यवहारीक कठिनाई देखाएर ठगि गरिएको उल्लेख गर्दै उजिरी दर्ता गराइएको छ। रामपरीले हरेक महिलासँग ६ हजार देखि ६ लाखसम्म ऋण लिएर करिव ६० लाख रकम जम्मा पारी वेपत्ता भएको

वेपत्ता रामपरी विरुद्ध गाउँका करिव ४० जना महिलाले ईलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता गराएका छन् । ब्यवहारीक कठिनाई देखाएर ठगि गरेको उल्लेख गर्दै दर्ता गराईएको उजुरीमा रामपरीले हरेक महिलासँग ६ हजारदेखि ६ लाख २९ सम्म ऋण उठाई करिव ६० लाख रकम जम्मा गरेर वेपत्ता भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्