फुटपाथमा हुर्किएका सरोज बुगीवुगीको टप ५ मा



उनकी आमा भन्छिन्, ‘मेरो छोरालाई भोट गरेर टप ५ मा पुर्याइदिनु भएको छ । अब उसलाई विजेता पनि बनाइदिनु हुन म सबैलाई आग्रह गर्दछु ।’

२९ असार २०७५, काठमाडौं

चर्चित रियालिटि शो बुगीवुगी का टप ५ मा पर्न सफल प्रतियोगी सरोज मोक्तानको घर पुग्दा जे देखियो त्यो कुरा शब्दमा उतार्न सकिदैन । उनकी आमा रुदै भन्छिन्,‘मेरो छोरालाई नाच्ने मौका आजसम्म कसैले दिएको थिएन । उसलाई नाच्ने मौका दिनु भएकोमा सम्पूर्ण बुगी वुगी टिमलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’

सरोज भन्छन्,‘आज म जुन स्थानमा छु त्यो केवल बुगीवुगी का कारण छु ।’ उनका लागि आमा बुवाले गरेको दुःख सम्झेर सरोज पनि निकै भावुक भएका थिए । उनले भने अरु केहि नभए पनि नाचेर केहि गर्छु भन्ने सोचेर बुगीवुगीमा आएको थिए तर टप ५ मा आउँछु भनेर चाहीँ सोचेको थिइन ।

छोरा टप ५ मा पुगेकोमा आफू अत्यन्तै खुशी भएको र सरोजलाई फुटपाथमा राखेर हुर्काएको उनी सम्झन्छिन् । त्यो समयमा आफूले छोरा हुर्काउँदा पाएको दुःख सम्झेर निकै भावुक भएकी थिइन् सरोजकी आमा । वि.सं २०३५ सालदेखि एउटा सानो पसल थापेर उनले सरोजलाई पढाउने लेखाउने गरेकी थिइन् । उनकी आमा भन्छिन्, ‘मेरो छोरालाई भोट गरेर टप ५ मा पुर्याइदिनु भएको छ । अब उसलाई विजेता पनि बनाइदिनु हुन म सबैलाई आग्रह गर्दछु ।’ वास्तवमा भन्ने हो भने सरोज एकदमै गरिब परिवारमा हुर्किएका हुन् । उनकी आमा अपाङ्ग छिन् ।

छोरालाई विजयी बनाउनको लागि उनी दिनरात मिहिनेत गरिरहेको बताउँछिन् । सबैले हेला गर्दा सायद अब मेरो जीन्दगी अपहेलना मै बित्छ जस्तो लाग्थ्यो तर आज छोरा यो स्थानमा आइपुग्दा निकै गर्व लागेको छ भन्दै सरोजको आमाले गहँभरि आँशु पारिन् ।

सरोजकी आमा नसा र बाथकी रोगी हुन् भने सरोजका बाबु सुगर रोगका पिडित हुन् । सानैदेखि सालिन र शान्त स्वभावका सरोज नाच्न भनेपछि हुरुक्कै हुन्थे रे ।

सरोज मोक्तान आज जुन स्थानमा छन् मात्र आफ्नो आमाको कडा परिश्रमका कारण छन् । सरोजकी आमाले एउटा आँखा देख्दिनन ।  त्यतिमात्र नभएर सरोजकी आमा शारीरिक हिसाबले पनि यति अस्वस्थ छिन् कि उनी महिनामा रु. १०,००० हजार भन्दा बढिको औषधी खाने गर्छिन् । उनले औषधी खान थालेको १२ बर्ष भैसकेको उनी बताउँछिन् । सरोजकी आमा नसा र बाथकी रोगी हुन् भने सरोजका बुवा सुगर रोगका पिडित हुन् । सानैदेखि सालिन र शान्त स्वभावका सरोज नाच्न भनेपछि हुरुक्कै हुन्थे रे । सरोजले आफुलाई नै आफ्नो गुरु बनाएर नाच्न थालेका थिए । उनले आजसम्म त्यस्तो कोहि पनि विशेष गुरु पाएका छैनन् । उनी भन्छिन् जबसम्म गर्न सक्छु तब सम्म मेरो छोराको लागि म सधैं मिहिनेत गरिरहन्छु ।

यसबीचमा सरोजले पनि आफूले जित्नको लागि सक्दो कोसिश गरिरहेको बताउँछन् । उनले भने मेरो लागि बुगीवुगी एकदमै ठूलो प्ल्याटफर्म हो जसको कारणले मैले मेरो नाच सम्पूर्णमा देखाउन सके । नाचेरै आमा बाबाको सपना पुरा गर्ने मेरो चाहना बुगी वुगीले पुरा गरिदिएको छ । सरोज भन्छन्,‘आज म जुन स्थानमा छु त्यो केवल बुगीवुगी का कारण छु ।’ उनका लागि आमा बुवाले गरेको दुःख सम्झेर सरोज पनि निकै भावुक भएका थिए । उनले भने अरु केहि नभए पनि नाचेर केहि गर्छु भन्ने सोचेर बुगीवुगीमा आएको थिए तर टप ५ मा आउँछु भनेर चाहीँ सोचेको थिइन ।

मेरो लागि बुगीवुगी एकदमै ठूलो प्ल्याटफर्म हो जसको कारणले मैले मेरो नाच सम्पूर्णमा देखाउन सके । नाचेरै आमा बाबाको सपना पुरा गर्ने मेरो चाहना बुगी वुगीले पुरा गरिदिएको छ ।

साच्चैँ नै निकै गरिब र दुखी परिवारमा जन्मिएका सरोज आज आफ्नो आमा बाबा र कडा मेहेनतका साथ टप ५ मा आईपुगेका छन् । आफूलाई भोट गरेर यो स्थानसम्म ल्याइदिनु हुने सम्पूर्णलाई धन्यवाद दिदैँ उनले अब आफूलाई अझैं भोट गरी विजेता बनाइदिनु हुन सम्पूर्णलाई आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्