हाईलाईटस् नेपालका ओम गुरुङसँग माफि मागे नक्कली प्रचण्डले (भिडियो सहित)



२९ असार २०७५, काठमाडौं

नक्कली प्रचण्डले हाईलाईटस् नेपालका ओम गुरुङलाई थर्काए भन्ने विषय विवादित भएपछि चर्चित हाँस्य कलाकार प्रदिप पाठक (नक्कली प्रचण्ड)ले भिडियो मार्फत माफी मागेका छन् ।

चर्चित सिरियल मेरी बास्सैदेखी २००० माथि महोत्सब तथा प्रोग्राममा प्रचण्ड बनेर दर्शक हसाउने कलाकार प्रदिप पाठक र ओम गुरुङसँगको बिबाद सामाजिक संजालमा छाईरहेको छ ।

यस बिषयमा नक्कली प्रचण्डले माफी माग्दै यसो भनेका छन्, ‘मेरो र  ओमसर सँगको सम्बन्ध राम्रो छ, पहिला बिभिन्न कारणले विवादमा हुन्सक्छ मेरो नि गल्ती रह्यो, उहाको मेरो झगडा एक पारिवारिक जस्तै हो यसलाई ठुलो इसु लिन मिल्दैन, अलि–अलि झगडा त जो सँग नि पर्छ, भोली उहाँसँग धेरै काम गर्नुछ मलाई पनि झगडा गर्नुका मन छ र, जे जस्तो भएपनी, म बाट उहालाई पर्न गएको हरेक कुरामा म माफी माग्छु र भोली का दिनमा पनि यस्तो दोहोरिएमा म कानुन बमोजिम सजाए पनि लिन तयार छु ।’

प्रतिक्रिया दिनुहोस्