
२८ असार २०७५, काठमाडौं
छोटो समयमै आफ्नो कडा मिहिनेतका कारण बलिउडमा चर्चा कमाउन सफल अभिनेत्री हुन् श्रद्धा कपुर ।

बलिउडका स्थापित कलाकार शक्ति कपुरका छोरी नायिका श्रद्धा कपुरको जन्म ३ मार्च १९८७ मा मुम्बई मा भएको हो । बलिउडसँग कपुर परिवारको पुरानो सम्बन्ध रहेको छ, सदाबहार गायिका लता मङ्गेशकर र आशा भोस्ले श्रद्धाको काकी हजुरआमाहरु हुन् । जसलाई बलिउड संगीत दुनियाँमा आदर्शका रुपमा हेरिने गरिन्छ ।

बोस्टन यूनिभर्सिटी युएसमा स्नातक गर्दै गर्दा श्रद्धाले आफ्नो पढाईलाई बीचमै छाडेर अभिनेत्री बन्ने निधो गरेकी थिईन् ।
अभिनय
उनले आफ्नो अभिनयको सुरुवात २०१० मा तीन पत्ती नामक चलचित्रबाट गरेकी हुन् । जहाँ अमिताभ बच्चन, बेन किङ्गसले र आर माधवन जस्ता कलाकारको पनि अभिनय रहेको थियो । उक्त चलचित्रमा उनले एक कलेजको विद्यार्थीको भूमिका निभाएकी थिइन् भने चलचित्रमा उनको नाम अर्पणा खन्ना थियो । उनी उक्त चलचित्रबाट सर्वश्रेष्ठ अभिनेत्रीको नोमिनेशनमा परेकी पनि थिइन् तर बक्सअफिसमा उनको चलचित्र सफल हुन सकेन ।

त्यसपश्चात श्रद्धाले यशराज फिल्मस्सँग तीन चलचित्रमा काम गर्ने वाचा गरेकी थिइन् । यशराज फिल्मस्को पहिलो चलचित्र लभका दी इन्डमा उनले फेरि काम गरिन तर चलचित्र पनि बक्सअफिसमा सफल भएन । श्रद्धाले उक्त चलचित्रमा एक कलेजको विद्यार्थीको भूमिका निभाएकी थिइन् जसमा उनी आफ्नो प्रेमीको विरुद्ध जान्छिन् । किनकी उनको प्रेमीले उनलाई धोका दिएको हुन्छ । यसराज फिल्मस्को अर्को चलचित्र गर्ने कुरा चल्दै गर्दा उनले यसराज फिल्मस्को चलचित्रमा काम नगरेर महेश भट्टको आशिकी २ मा काम गरिन् । जसका कारण उनले यसराज फिल्मस्सगँ ३ वटा चलचित्रमा अभिनय गर्ने वाचा पुरा गर्न सकिनन् ।

२०१३ मा रोमान्टिक संगीत नाटक आशिकी २ मा उनले आरोहि केशव शिरको को भूमिका निर्भाह गरेकी छिन् । जहाँ उनी एउटा सानो शहरकी बार गायिका हुन्छिन् । तर एक अत्यन्तै चर्चित गायक राहुल जयकरको मद्दतले उनी छिट्टै एक सफल गायिका बन्छिन् । यो चलचित्र बक्सअफिसमा अत्यन्तै सफल भयो र सय करोड क्लबमा पनि प्रवेश गर्याे । त्यति मात्र नभएर यो चलचित्र वर्ष २०१३ को बक्सअफिसमा ब्लकबस्टर सावित भयो ।
श्रद्धाबारे रोचक जानकारी
श्रद्धा कपुर मराठी र पञ्जाबी मिक्स हुन् । किनकी उनका पिता पञ्जाबी र आमा मराठी हुन् । श्रद्धा सानोमा एक टमब्वाई केटी थिइन् ।

आफ्नो विद्यालयको दिनमा उनले नृत्य, गायन, अभिनय, खेलकुद जस्ता कुरामा आफूलाई अब्बल बनाएकी थिइन् ।





