धन्न केही भएन ! पार्कमा घुम्दै गर्दा अचानक चितुवा आएपछि…(भिडियो सहित)



२८ असार २०७५, काठमाडौं

पार्कमा घुमिरहेको बेला अचानक चितुवा आईपुग्दा कस्तो हुन्छ होला हालत ? जो कोहीलाई पनि जंगली हिंस्रक जनावर अगाडि देख्दा डर लाग्छ । अहिले सोसल मिडियामा एउटा यस्तै भिडियो भाईरल भएको छ ।

एउटा परिवार पार्कमा घुमिरेको बेला अचानक उनीहरु भएतिर दुई चितुवा आइपुग्छ । चितुवालाई देखेर परिवार भाग्न थाल्छन् जुन माहोल एकदमै डरलाग्दो देखिन्छ । चितुवाले पनि परिवारलाई आक्रमणको उद्देश्यले पछ्याउन थाल्छ । हतारमा उनीहरु दौडिएर गाडी भित्र गएर बस्छन् । धन्न ! त्यहाँ कुनै अप्रिय घटना घट्दैन ।

प्रतिक्रिया दिनुहोस्