इंग्ल्याण्डलाई हराउदै क्रोएसिया फाइनलमा , उपाधिको निम्ति पर्सि फ्रान्ससँग भिड्दै



२८ असार २०७५ ,काठमाडौं

रसियामा जारी २१ औँ सस्करणको विश्वकप अन्तर्गत सेमिफाइनल चरणको दोस्रो खेलमा इंग्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया फ़ाइनलमा प्रवेश गरेको छ । हिजो राति Luzhnik रंगशालामा भएको खेलमा क्रोएसियाले जित निकालेको हो।

खेलको पहिलो हापको ५ औँ मिनेटमा इंग्ल्याण्डका १२ नम्बरका डिफेन्डर Kieran Trippier ले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। पहिलो हापमा १-० को अग्रतामा रहेको इंग्ल्याण्ड जिलाको नजिक पुग्दै गर्दा ६८ औँ मिनेटमा क्रोएसियाका मिडफिल्डर ivan perisic ले उत्कृष्ट गोल गर्दै बराबरी बनाएका थिए।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट बराबरी १/१ गोल भएपछी पुन ३० मिनेटको समय थपेर खेलाइएको थियो। तर १०९ मिनेटमा क्रोएसियाका अर्का मिडफिल्डर mario Mandzukic ले गोल थप्दै अग्रता दिलाएका थिए। Mario mandzukic को पछिल्लो गोल नै क्रोएसियाको लागि विजय हासिल गर्न सफल गोल बन्यो।

१२० मिनेट खेलिएको उक्त खेलमा जम्मा ३ वटा पहेलो कार्ड प्रयोग गरिएको थियो। जसमा इंग्ल्याण्डले १ वटा र क्रोएसियाले २ वटा पहेलो कार्ड पाहेको थियो। r Cunryt Cakir ले रेफ्रीको भूमिका निर्वाह गरेका थिए भने Bahattin Duran र Tarik Ongun ले लाइन्स जर्ज सम्हालेका थिए।

समूह ‘डि ’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको क्रोएसियाले समूह ‘जी’ को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको इंग्ल्याण्डसँग फाइनल प्रवेशको निम्ति अन्तिम प्रतिस्पर्धा गरेका थिए ।

इंग्ल्याण्डलाई पराजित गरेसँगै फाइनल चरणमा प्रवेश गरेको क्रोएसियाले अब पर्सि असार ३१ गते साँझ ८:४५ बजे luzhniki रंगशालामा फ्रान्ससँग विश्वकपको उपाधि चुम्न भिड्ने छ।

प्रतिक्रिया दिनुहोस्