विराटनगरमा तीन जना पत्रकार सम्मानित



२८ असार २०७५ , विराटनगर

विराटनगरमा तीन जना पत्रकारलाई सम्मान गरिएको छ। संचारकर्मी संचार सहकारी सस्था विराटनगरको सातौँ स्थापना दिवसको अवसर पारेर हिजो विराटनगरमा एक कार्यक्रम गरि सम्मान गरिएको हो।

सम्मानित हुने तीन जना पत्रकारहरुमा अभय राई , ज्योति चौहान र भिम चापागाई रहेका छन्। राईलाई चन्द्रलाल – दुर्गादेवी दाहाल श्रमजीवी पत्रकारिता पुरस्कारबाट सम्मान गरिऎको छ भने चौहानलाई मिना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट सम्मान गरिएको छ। त्यसैगरी चापागाईलाई ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ।

चन्द्रलाल – दुर्गादेवी दाहाल श्रमजीवी पत्रकारिता पुरस्कारको राशी २१ हजार , मिना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारको राशी १० हजार र ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारको राशी ३१ हजार रहेको थियो। पुरस्कृत तीनै जना पत्रकारहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्