भारतीय क्रिकेटर विराट कोहलीले दारी नकाटनुको रहस्य



२८ असार २०७५, काठमाडौं

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले कोहलीले पछिल्लो धेरै समय देखि दारी राख्दै आएका छन् । हालचालै उनलाई चाहने मानिसहरुले दारी काट्न सुझाव दिइरहेका छन् तर कोहीले त्यो कुरालाई सिधै नकारेका छन् ।

उनको यो स्टाइल यस्तो लोकप्रिय बनेको छ कि, अहिले हर तेस्रो र चौथो युवाहरु कोहली जस्तै दारी राख्न थालेका छन् । सर्बत्र बजारमा अहिले कोहलीको जस्तै दारी देख्न सकिन्छ । एक इण्डियन टिभिको अन्तरवार्ताका क्रममा विराटले भनेका छन्, ‘म दारी कुनै हालतमा काट्दीन किनकि दारी मलाई एकदमै फाप्छ र मलाई यो स्टाइलको दारी धेरै मन पनि पर्छ ।’

कोहलीले दारी राख्ने हौसला दिए पश्चात भारतीय खेलाडीका पुरै घरेलु टोलीले दारी राखेका थिए । त्यसपछी यस्तो भयो कि सबै खेलाडीले नयाँ नयाँ स्टाइलमा दारी राख्न थाले । अहिले सुरेश रैनाले पनि नयाँ स्टाइलमा दारी राख्न थालेका छन् ।

अहिले धेरैले उनलाई दारी काट्न सुझाव दिएपनि उनले त्यसलाई सिधै अस्विकार गरेका छन् । उनले भनेका छन्, ‘म आफ्नो फैसलाबाट पछि हट्दिन ।’

प्रतिक्रिया दिनुहोस्