भक्तपुरको कौशलटारमा डुवान, स्थानीयको जनजीवन प्रभावित (फोटो सहित)



२८ असार २०७५ ,भक्तपुर

भक्तपुर जिल्लाको कौशलटारमा डुवान भएको छ। कौशलटार देखि राधे-राधे सम्मको क्षेत्रमा डुवान भएको हो।

हिजो रातिदेखि परेको अविरल बर्षाका कारण स्थानिय हनुमन्ते खोलामा पानीको बहाब बढेर पानि बस्तीतिर प्रवेश गरी उक्त डुबान भएको कौशलटार प्रहरीले बताएको छ। डुबानले स्थानीयको जनजीवन प्रभावित भएको छ। पानि स्थानीयको घर भित्रै पसेको छ।

खोलाको पानि वस्तीमा पसेर डुबान भएसंगै स्थानीयको बालीनाली पनि नष्ट भएको छ। सडक छेउका घरमा भएका प्राय पसलहरु बन्द छन् भने सटरको आधा भाग पानीमा डुबेका छन्। कौशलटार देखि राधे-राधे सम्मको सडकमा खोला झैँ पानि बगिरहेको हुँदा यातायात आवजावतमा समेत समस्या परेको छ।

डुवान भएसंगै विद्यालयहरु बन्दा भएका छन् भने उक्त क्षेत्रमा बिधुत समेत कटाईएको छ। स्थानिय र प्रहरीको सकृयतामा मेसिनबाट पानि कटाउने कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्