१० वर्षीय अपाङ्ग बालिकाको हात समाउँदै रोनाल्डो मैदान छिरेपछि…(भिडियो सहित)



२८ असार २०७५, काठमाडौं

संसारभर पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई नचिन्ने र उनको बारेमा नसुन्ने सायद कमै होलान् । उनको खेल वा शारीरिक हाउभाउ हेर्न संसारभर उनका करोडौं फ्यान लालायित छन् । हालसालै उनको एउटा भिडियो सामाजिक संजालमा भाइरल भईरहेको छ ।

भिडियोमा रोनाल्डोलाई मैदान आउँदै गर्दा ह्वील चेयरमा रहेको अपाङ्ग बालिकाको हात समातेर मैदान तर्फ अघि बढिरहेको देख्न सकिन्छ । जुन दृश्य अहिले संसारभर भाइरल भईहेको छ ।

खेल मैदानमा प्रवेश गर्नु अघि रोनाल्डोले १० वर्षीय पोलिना रेडिनोवाको हात समाउँदै लिएर आएका थिए र आफ्नो ज्याकेट उनलाई गिफ्ट गरेको दृश्य हेर्दा जो कोही भावुक हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्