अनसनरत डा. केसीको जीवन रक्षार्थ इन्सेकद्वारा सरकारको ध्यानाकर्षण



२८ असार २०७५, काठमाडौं

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षार्थ एक प्रेस विज्ञप्ती जारी गरी सरकारको ध्यानाकर्षण गराएको छ ।

वार्ताकै माध्यमबाट समस्याको समाधान खोज्नका लागि सरकार र आन्दोलनरत पक्ष डाक्टर केसीसँग वार्ता गर्न इन्सेकले विज्ञप्ती जारी गरेको हो ।

अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति इन्सेकले चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्