बलात्कारको आरोपी मिथुन चक्रवर्तीका छोरा महाअक्षयले गरे विवाह



२८ असार २०७५, काठमाडौं

मिथुन चक्रवर्तीका छोरा महाअक्षय (मिमोह) ले ट्वीटर अकाउन्टमा विवाहका तस्बिर पोष्ट गर्दै आफ्नो विवाह भएको पुष्टि गरेका छन् । उनले विवाहका तस्बिर पोष्ट गर्दै लेखेका छन्, ‘लेडिज एण्ड जेन्टलम्यान, चक्रबर्ती दम्पत्ती’

मिमोहका वकिल प्रियंका कृपाशंकरले मंगलबार हिन्दु रिति रिवाज अनुसार महाअक्षय र मदलशा शर्माले विवाह गरेको पुष्टि गरेकी छिन् । यसबारे उनी भन्छिन्, ‘विवाहको मिति सोमबार अबेर राती निर्धारण गरिएको हो । होटलमा विवाहको तयारी भइरहेको अवस्थामा शुभ काममा किन ढिलाई भन्ने धेरैले सोच्यौं ।’

यसअघि सोमवार हुने भनिएको विवाहमा स्थगित गरिएको थियो । महाअक्षयलाई नायिकामाथि दुष्कर्म गरेको आरोपमा उनको वैवाहिक समारोह स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्