जारी विश्वकपमा गोल्डेन बुटका दावेदार ह्यारी र गुडल्याण्डको प्रेम चर्चामा



२७ असार २०७५, काठमाडौं

रसियामा जारी विश्वकप २०१८ मा अहिलेसम्मका गोल्डेन बुटका दाबेदार ह्यारी केन र उनकी प्रेमिका केटी गुडल्यान्ड चर्चामा छन् । इंग्ल्यान्डको फुटबल टिमका कप्तान तथा प्रमुख स्ट्राइकर केन रुसमा जारी विश्वकपमा अहिलेसम्मका सर्वाधिक गोलकर्ता हुन् ।

अघिल्लो वर्ष जुलाईमा बहामासको समुद्र तटमा ह्यारीले घुँडा टेकेर केटीको हात समाएर विवाहको प्रस्ताव राखेका यी दुईबीचको सम्बन्ध निकै पुरानो रहेको छ । स्कूले समयदेखि नै यि दुई साथी थिए ।

पाँच वर्षपहिले ह्यारीले ट्वीटरमार्फत केटी र आफ्नो प्रेम सार्वजनिक गरेका थिए । केटी सुरुदेखि नै पढाइमा राम्रो थिइन् भने केन स्पिचमा उत्कृष्ट थिए । केटीले स्पोर्टस् साइन्समा डिग्री हासिल गरेकी छन् भने उनी फिट्नेस इन्स्ट्रक्टरको कार्य गर्छिन् ।

अघिल्लो वर्षको जनवरीमा केटीले छोरी जन्माइन् । केटी छिट्टै दोस्रो बच्चाको आमा बन्दै छिन् त्यसैले केटी रसियामा जारी विश्वकप २०१८ हेर्न आएकी छैनन् । तर, उनले आफ्ना बुबालाई रसियामा इंग्ल्यान्डको खेल हेर्नका लागि पठाएकी छन् ।

ह्यारीले केही समयअघि भनेका थिए, ‘हामी स्कुलमा सँगै थियौं, मेरो विषयमा उनलाई ससानो कुरा पनि थाहा छ ।’

प्रतिक्रिया दिनुहोस्