अजिबको उपाय गाईलाई लगाईयो ब्रा



२७ असार २०७५

सामाजिक सञ्जालमा अनेकौँ तस्वीरहरु भाइरल हुने गर्दछन् जसमा हालै एक स्कटल्याण्डका किसानले गाईलाई ब्रा लगाईदिएको तस्वीर भाइरल भएको छ ।

गाईको बाच्छाले एकापट्टिको थुन मात्रै चुस्दा अर्कोतर्फ दूध गानिने समस्याले हैरान भएका किसानले सो समस्याबाट बच्ने तरिका फेला पारेका छन् । यी किसानले आफ्नी पत्नीको एउटा पुरानो ब्राको सहयोगमा यो समस्याबाट मुक्ति पाउने उपाय निकालेका हुन् ।

बाच्छाले अगाडिको थुन मात्रै चुस्ने गर्दा पछाडिको थुनमा दूध गानिएर सुन्निने र संक्रमण हुने गर्दथ्यो । थुप्रै दिनसम्म प्रयाश गर्दापनि बाच्छाले पछाडिको थुन नचुसेपछि यी किसानले अन्ततः पुरानो ब्रा गाईलाई लगाइदिए अनि अगाडिको दुई ओटा थुन छोपिदिए ।

त्यसपश्चात उक्त समस्याको हल भएको उनका छिमेकीले ट्वीटरमा जानकारी गराएका छन् । मानिसहरुले यो उपायबारे सामाजिक सञ्जालमा अनेकौँ टिप्पणी गरिएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्