अनुहारमा थुकका छिटा परेपछि रणवीरसँग रिसाईन् सोनाक्षी



२७ असार २०७५, काठमाडौं

नायक सलमान खानको साथमा सन् २०१० मा आएको सुपरहिट फिल्म दबंगबाट फिल्मी करिअर शुरु गरेकी सोनाक्षीले सो फिल्मबाट सोझी र सालिन नायिकाको रुपमा आम दर्शकका आँखामा पर्न सफल भईन् तर सोनाक्षी हेर्दा जति सोझी र शालीन देखिन्छिन्, त्यत्तिकै रिसाहा पनि छिन् ।

फिल्म लुटेराको एउटा सिनमा रणवीर सिंहले सोनाक्षीलाई समातेर संवाद बोल्नुपर्ने थियो । उक्त सिनमा अभिनेता रणवीरले संवाद बोलिरहँदा मुखबाट थुकका छिटा उछिट्याइरहेका थिए । यसबारे उनलाई पटक–पटक सोनाक्षीले सम्झाइरहेकी थिईन् । अन्ततः रिसको पारो छुटेपछि उनले सुटिङ सेट नै छाडेर हिँडेकी थिइन् ।

रणवीरले गरेको सानो गल्तीका कारण केही समय सुटिङ नै रोकिएको थियो । सोनाक्षीलाई फकाएर सेटमा ल्याउन रणवीरलाई निकै मिहिनेत गर्नुपरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्