राष्ट्रियसभाबाट तीन विधेयक बहुमतले पारित



२७ असार २०७५ ,काठमाडौं

बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक राष्ट्रियसभा बैठकले पारित गरेको छ।

हिजो बसेको राष्ट्रियसभा बैठकले ‘ आर्थिक विधेयक, २०७५ ‘, ‘ राष्ट्रको ऋण उठाउने विधेयक, २०७५ ‘, र ‘ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक, २०७५’ लाई बहुमतले पारित गरेको हो।

अर्थमन्त्री डा. युवराज खतिवडाले तिनै विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १ गते विहान ११ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस्