विश्वकै चौथो महंगो खेलाडी बनेका रोनाल्डोले रियल मड्रिडको नाममा लेखे भावुक पत्र



स्पेनिस क्लब रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो विश्वको चौथो महंगो खेलाडी बन्दै मंगलबार राति इटालियन क्लब यूभेन्ट्समा अनुबन्धित भएका छन् ।

९ वर्ष रियल मड्रिडमा बिताएका रोनाल्डो १ सय १२ मिलियन यूरोमा चारवर्षका लागि यूभेन्ट्समा अनुबन्धित भएका हुन् । सन् २००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल भित्रिएका रोनाल्डोले क्लबका लागि सर्वाधिक ४ सय ५१ गोल गर्दै कीर्तिमान राखेका छन् ।

पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई उनले चार पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका छन् । ३३ वर्षीय रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ तथा २०१७ मा गरी पाँच पटक बलोन डी ओर अवार्ड जितेका छन् ।

रियल मड्रिडका लागि सर्वाधिक गोल गर्ने खेलाडीसमेत रहेका उनले चार सय ५१ गोल गरेका छन ।रियल छाड्ने निश्चित भएपछि आफूले बिताएका वर्षको सम्झनामा एक भावुक पत्र लेखेका छन् । पत्रमा उनले क्लबसँग आबद्ध रहँदा बिताएका क्षणको स्मरण गर्दै सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्