बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनल चरणमा प्रवेश



२७ असार २०७५ ,काठमाडौं

रसियामा जारी २१ औँ सस्करणको विश्वकप अन्तर्गत सेमिफाइनल चरणको पहिलो खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फ़ाइनलमा प्रवेश गरेको छ । हिजो राति Krestovsky रंगशालामा भएको खेलमा फ्रान्सले जित निकालेको हो।

खेलको पहिलो हाप सम्ममा दुवै टिमले कुनैपनि गोल गर्न सकेका थिएनन् तर दोस्रो हापको ५१ औँ मिनेटमा फ्रान्सका ५ नम्बरका डिफेन्डर Samuel Umtiti ले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।

निर्धारित ९० मिनेटको खेलमा जम्मा ५ वटा पहेलो कार्ड प्रयोग गरिएको थियो। जसमा बेल्जियमले ३ वटा र फ्रान्सले २ वटा पहेलो कार्ड पाहेको थियो। Andres Cunha ले रेफ्रीको भूमिका निर्वाह गरेका थिए भने Nicolas Taran र Mauricio espinosa ले लाइन्स जर्ज सम्हालेका थिए।

समूह ‘सी’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको फ्रान्सले समूह ‘जी’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको बेल्जियमसँग फाइनल प्रवेशको निम्ति अन्तिम प्रतिस्पर्धा गरेका थिए ।

फ्रान्सले प्रि क्वाटर फाईनलमा अर्जेन्टिना र क्वाटर फाइनलमा उरुग्वेलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। त्यसै गरी बेल्जियमले प्रि क्वाटर फाइनलमा जापान र क्वाटर फाइनलमा ब्राजिललाई पराजित गर्दै सेमिफाइनल यात्रा बनाएको थियो।

फ्रान्स सन् १९९८ मा भएको १६ औँ सस्करण अन्तर्गतको विश्वकपको विजेता हो भने बेल्जियमले पहिलो पल्ट सेमिफाइनल प्रवेश गरेको थियो। समुहचरणमा इंग्ल्याण्ड, ट्युनेसिया र पानामालाई पराजित गरेको बेल्जियम सेमिफाइनल अघिको पाँच खेल मध्धे अपराजित टिम थियो भने समुहचरणमा डेनमार्कसँग बराबरी र अष्ट्रेलिया अनि पेरुलाई पराजित गरेको फ्रान्स पाँच खेल मध्धे चार खेलमा मात्र विजयी थियो ।

बेल्जियमलाई पराजित गरेसँगै फाइनल चरणमा प्रवेश गरेको फ्रान्सले अब आज हुने इंग्ल्याण्ड र क्रोएसियाबिचको खेलको विजेतासँग उपाधि चुम्न भिड्ने छ।

प्रतिक्रिया दिनुहोस्