यस्ता छन् अहिले सम्मको रसिया विश्वकपको ४ नयाँ विश्व रेकर्ड



२७ असार २०७५ ,काठमाडौं

रसियामा जारी २१ औँ सस्करणको विश्वकप फुटबलको सेमिफाइनल खेल हुनु अघि विभिन्न धेरै रोचक घटनाहरु घटिसकेका छन् । सन् २०१४ मा भएको २० औं सस्करणको विश्वकपको भन्दा फरक र नयाँ रेकर्डहरु बनाएर २१ औँ सस्करणको विश्वकप चर्चामा रहेको छ।

यस्ता छन् अहिले सम्मको यस विश्वकपको रोचक ४ पक्ष

१, पेनाल्टीको वर्षा

जारी विश्वकपमा अहिले सम्म २८ पेनाल्टी प्रहार भइसकेका छन् भने अघिल्लो विश्वकपमा जम्मा १३ पेनाल्टी प्रहार भएका थिए। यस अघि सन् २००२ को विश्वकपलाई सबैभन्दा धेरै पेनाल्टी प्रहार भएको विश्वकप भन्ने गरिन्थ्यो। सन् २००२ मा १८ पेनाल्टी प्रहार भएको थियो। त्यसैले सन् २००२ को पेनाल्टी प्रहारको विश्व रेकर्डलाई यो विश्वकपले रेकर्ड तोडेर नया विश्व रेकर्ड बनाउन सफल भएको छ।

२, अत्यधिक आत्माघाती गोल

यस विश्वकपमा भारि मात्रामा आत्माघाती गोल भएको छ। यस अघि सन् १९९८ मा सर्वाधिक ६ आत्माघाती गोल भएको थियो। यस पटकको विश्वकपमा अहिले सम्म ११ वटा आत्माघाती गोल सहित सन् १९९८ को विश्व रेकर्डलाई तोड्दै नया विश्व रेकर्ड कायम भएको छ ।

३, अतिरिक्त समयमा गोल

जारी विश्वकपले अतिरिक्त समयमा भएको गोलको पनि रेकर्ड बनाउन सफल भएको छ। यस अघि सन् १९९८ मा भएको विश्वकपमा अतिरिक्त समयमा १० गोल भएको रेकर्ड बनेको थियो भने जारी विश्वकपमा त्यो विश्व रेकर्डलाई भंग गर्दै अहिले सम्म २३ गोल सहित नया विश्व रेकर्ड बनाएको छ।

४, बढ्यो इन्जुरी समय

जारी विश्वकपमा इन्जुरी समय पनि बढेर नया विश्व रेकर्ड बनाएको छ। यस अघिको विश्वकपमा समग्रमा ९० सेकेन्डको इन्जुरी समय रहने गरेको थियो भने अहिले त्यो समय बढेर औसत ७ मिनेट पुगेको छ। त्यसै गरि इन्जुरी समयमा हेड मार्फत गोल गरेर पनि अर्को रेकर्ड थपिएको छ। इंग्ल्याण्ड विरुद्द कोलम्बियाका यारी मीनाले इन्जुरी समयमा हेड मार्फत गोल गर्दै अर्को नयाँ रेकर्ड बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्