चीनलाई उपहार दिन लागिएको जोडी गैंडा काठमाडौंमा



 

चीनलाई उपहार दिन लागिएको दुर्लभ एकसिंगे गैंडाको जोडी ‘रुपसी र भद्र’ काठमाडौं आइपुगेको छ। चितवनबाट मंगलबार दिउँसो साढे २ बजे बिदाइ गरिएको गैंडा राती ११ः१५ बजे काठमाडौं आइपुगेको हुन्।

गैंडाको जोडीलाई हाल ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयमा राखिएको बताइएको छ ।चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सडकमा हुने विभिन्न अवरोधलाई ध्यानमा राखेर गैंडालाई एक दिनअघि नै काठमाडौ ल्याइएको हो ।

काठमाडौं ल्याउने क्रममा गैंडालाई १० जना सेनाले स्कटिङ गरेको थियो। काठको खोरभित्र राखिएको भद्रलाई ना ५ ख ७९९६ ट्रक र रुपसीलाई ना ७ ख १२७० नम्बरको ट्रकमा राखेर ल्याइएको हो।

नेपाल सरकारले २०७३ असार २६ गते चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो। उक्त निर्णय गरेको दुई वर्षपछि बिहिबार एक जोडी गैंडा चीनलाई प्रदान गरिंदै छ।

प्रतिक्रिया दिनुहोस्