जस्टिन बीबरका रोचक कुरा



सानै उमेरमा विश्व पप संगीतलाई तरंगीत बनाएका गायक हुन्, जस्टिन बीबर । जसका करोडौं डाइहार्ट फ्यान छन् । जस्टिनको एक झलक पाउनका लागि मरिहत्ते गर्नेहरुको संख्या पनि विश्वभर नै रहेका छन् ।

बीबरका रोचक कुरा

  • जस्टिन क्यानेडियन गायक हुन् । उनको गीत सुनेर आमाले युट्युबमा अपलोड गरिदिएकी थिइन् ।
  • स्कूटर ब्राउनले २००८ मा जस्टिनको युट्युब भिडियो हेरेर गीत रेकर्ड गराइदिए । त्यहीबाट जस्टिन स्टार भएका हुन् ।
  • जस्टिन कुनैपनि जानकारीका लागि गुगल सर्च गर्दैनन् । किनभने उनको आफ्नै सर्च इन्जिन छ बीबरसर्चडटकम ।
  • २००९ मा वान टाइम गीतसँगै जस्टिन संगीतमा होमिएका हुन् ।
  • कति किशोर जस्टिन बीबरको जस्तो हेयर स्टाइल बनाउनका लागि हजारौं रुपैयाँ खर्च गरिरहेका हुन्छन् ।
  • उनको मनपर्ने रंग बैजनी हो ।
  • जस्टिनको फेसबुक पेजमा हरेक हप्ता दुई लाख बढी जोडिइरहेका हुन्छन् ।
  • एक पटक जस्टिनलाई स्कुलमा एफ ग्रेड मात्र प्राप्त भएको थियो । तर, उनले चलाखीपूर्वक त्यसलाई बि बनाए र आमाबुवाको गाली खानबाट जोगिए ।
  • जस्टिनको बेबी गीत कुनैबेला युट्युबका सर्बाधिक हेरिनमेध्येको थियो । तर, पछि त्यसलाई गगनम स्टाइलले उछिन्यो । अहिले बेबी युट्युबमा सबैभन्दा बढी डिसलाइक पाउने भिडियोमा पर्छ ।
  • जस्टिन चाहन्छन् कि, उनी तीन पिताको बुवा बन्नेछन् ।
  • उनी एकदमै व्यस्त भएकाले रातमा ६ घण्टा मात्र सुत्न पाउँछन् ।
  • उनको मनपर्ने जनवार जिराफ हो ।
  • जस्टिन देब्रे हाते हुन् ।
  • जस्टिनको मनपर्ने अन्डरवेयर डि एन्ड जी ब्रान्ड हो ।
  • जस्टिन होचो भएका कारण उनलाई बिद्यालयमा उडाउने गरिन्थ्यो । तर, अहिले उनको कद ५ दशमलव ७ फिट उचाईको छ ।
  • जस्टिनलाई जोकर मन पर्दैन ।
  • जस्टिन गूगल क्रोम ब्राउजर प्रयोग गर्छन् ।
  • जस्टिनले एक पटक सपनामा बिरालोको मासु खाएको देखेका थिए, त्यही बेलादेखि उनी बिरालो मन पराउँदैनन् ।
  • जस्टिनको ट्वीटर खाताको मूल्य एक अर्ब बराबर छ ।
  • उनी इसाइ हुन् र चर्च जान्छन् ।
प्रतिक्रिया दिनुहोस्