‘मसँग जवान हुने विशेष बुटी छ’ : नायिका प्रियंका कार्की



२६ असार २०७५, काठमाडौं

चलचित्र ‘नाई नभन्नु ल ५’को ट्रेलर रिलिज कार्यक्रममा निकै हट बनेर पुगेकी नायिका प्रियंका कार्कीलाई पत्रकारले सोधेको एक प्रश्नमा उनले ‘म झन् झन् जवान भैरहेको छु, मसँग जवान हुने विशेष बुटी छ’ भनी जवाफ दिएकी थिईन् ।

यस चलचित्रमा नायिका प्रियंका कार्की अर्की नायिका स्वस्तिमा खड्काको आमाको भूमिकामा देखिदैछिन् । यसैलाई आधार बनाई पत्रकारले प्रश्न सोधेका थिए, ‘दर्शकले त तपाइलाई हट आमा भन्छन् होला है ?’

चलचित्रमा छोटो भूमिकामा मात्र सिमित रहेको भन्ने प्रश्नमा नायिका कार्कीले अहिले आफू टेलिभिजन रियालिटी शोमा ब्यस्त भएकाले विगत ७ महिनादेखि चलचित्रको छायांकन नगरेको बताईन् । तर, आफूले त्यसरी सानो भूमिकामा मात्र काम नगरेको उनको भनाई थियो ।

अब चाँडै नै चलचित्रको काम अगाडि बढाउने समेत उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्