‘अमेरिकन बाबु मेड इन नेपाल’ को ट्रेलर सार्वजानिक (भिडियो सहित)



२६ असार २०७५ ,काठमाडौं

नेपाली कथानाक चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ को ट्रेलर सार्वजानिक भएको छ। सम्पूर्ण छायांकन अमेरिकामा गरिएको सो चलचित्रमा अमेरिकामा बस्ने नेपालीहरुको कथावस्तु समेटिएको छ।

अमेरिकामै बस्ने नेपाली कलाकारहरु नन्दिता केसी, इशान ढकाल, परिवेश उप्रेती, राजेश गुरुङ, बाबु बोगटी, कृष् थापा, स्मृति पोखरेल र जाङ्गु शेर्पा लगायतको अभिनाया रहेको उक्त चलचित्रमा इश्वर थापाको निर्देशन र सम्पादन रहेको छ। जसमा ड्रिम गेट नेपाल फिल्मस् प्रा. लि. को निम्ति राजेश गुरुङ, मंजु रानामगर र सम्झना उप्रेतीको लगानी रहेको छ।

हेर्नुस ट्रेलर यस्तो छ

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेको फिल्ममा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको बेजोड अभिनय छ ।

उक्त चलचित्र यहि सेप्टेम्बर ९ तारिकको दिन अमेरिका स्थित न्युयोर्कमा र १६ तारिकमा ब्रानफर्ट सिटीमा रिलिज हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्