बहुप्रतिक्षित चलचित्र नाई नभन्नु ल ५ को ट्रेलर सार्वजनिक



२६ असार २०७५, काठमाडौँ

विकाश आचार्यद्धारा निर्देशित  बहुप्रतिक्षित चलचित्र ‘नाई नभन्नु ल ५’ को ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि नाई नभन्नु ल का सबै सिरिजले असाध्यै राम्रो प्रतिक्रिया पाएकोले ‘नाई नभन्नु ल ५’ लाई पनि दर्शकले मन पराउने कुरामा निमार्ण टिम पूर्ण आशावादी रहेको छ ।

चलचित्रमा स्वस्तिमा खड्का, अनुभव रेग्मी, दिलीप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, निरुता सिंह, अभिषेक नेपाल, सेड्रिना शर्मा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । यसै चलचित्र मार्पmत् अभिषेक नेपाल र सेड्रिना शर्माले नेपाली चलचित्रमा डेब्य’ गर्दैछन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा बसन्त सापकोटाको संगीत रहेको छ भने चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्