बूढानीलकण्ठ नगरपालिकामा कार्यरत संघसंस्थाको श्रोत नक्साङ्कन शुरु



२५ असार २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेलले ब्यानर बाचन गरी उद्घाटन गरेको नगरपालिकाको संघसंस्था समन्वय समिति र कुमुदिनी संस्थाको सहयोगमा १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

नगरप्रमुख खरेलले नगरको धारणा राख्दै विशेषगरी वालगृहको संचालन सक्नेले गर्ने हो । नसकी–नसकी कुनै बच्चालाई पाल्नु पर्दैन । थोरै वालवालिका राखेर गुणस्तरीय सेवा दिन सहभागीहरुलाई अनुरोध गरे । बाहिरी जिल्लाबाट वालवालिका ल्याएर बूढानीलकण्ठ नगरभित्र पालनपोषण गर्नु नपर्ने भन्दै हरेक जिल्लाका स्थानीय सरकारले आफ्नो क्षेत्रका वालवालिकालाई आवश्यक सेवा सुविधा दिनुपर्ने बताए ।

संघसंस्था समन्वय समितिकी संयोजक तथा उपप्रमुख रमादेवी राईले नगरपालिकाको नीति नियम भित्र जुनसुकै संस्थापनि आउनुपर्ने बताउँदै स्थानीय वालवालिकाको उचित संरक्षणको लागि नगरपालिकाले विशेष सहयोग गर्ने बताईन् ।

नगरपालिकाभित्र कार्यरत संस्थाहरु सँग भएको श्रोतको पहिचान र लक्षित समुदायमा एकिकृत कार्यक्रम संचालन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका संघसंस्था समन्वय समितिले महिला र वालवालिकाको क्षेत्रमा कार्यरत सरकारी निकायहरु, सुरक्षा निकायका प्रतिनिधिहरु र गैह्रसरकारी क्षेत्रका ५० भन्दा बढी सहभागीहरु विच छलफल गरिएको थियो ।

गोष्ठीमा सम्बन्धित क्षेत्रमा कार्यरत संघसंस्थाविच मिलेर कार्यक्रम गर्ने, जोखिममा परेका महिला तथा वालवालिकालाई सहयोग गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने विषयमा छलफल भएको थियो । कार्यक्रमको संयोजन समन्वय समिति सदस्य प्रदिप डंगोलले गरेका थिए भने केन्द्रीय वाल कल्याण समिति, गैसस महासंघ, वालगृह महासंघ लगायत वालवालिका र महिलाको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरुले समेत आफ्नो धारणा राखेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्