
२५ असार २०७५, काठमाडौं
आफू लगायत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका हजारौं नेता, कार्यकर्तालाई अपमान गर्ने काम भएको भन्दै नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी एकता भंग गर्ने चेतावनी दिएका छन् ।
सोमबार काठमाडौंमा पार्टीका पूराना नेताहरुसँगको सामूहिक भेटमा नेता गच्छदारले पार्टी एकीरकरणका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै भन्दै आक्रोश व्यक्त गरे ।
गत असोज २१ गते नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीचको पार्टी एकता पश्चात पनि कांग्रेस गुट र उपगुटमा विभाजित रहेकोले कम्युनिष्ट नेतृत्वको सरकारलाई सामना गर्न नसक्ने दावी गरेका छन् ।
गच्छदारले पार्टी नेतृत्वले आफू र आफ्ना समर्थकलाई बिचल्लीमा पारेको आरोप पनि लगाएका छन् ।





