
२५ असार २०७५, काठमाडौं
२०७४ सालको मदन पुरस्कारका लागि ‘उत्कृष्ट ८’ पुस्तकको सूची सार्वजनिक भएको छ।मदन पुरस्कारका लागि प्राप्त भएका २ सय ५३ पुस्तकबाट उत्कृष्ट ८ वटा छानिएको मदन पुरस्कार गुठीले जनाएको छ।
यी ८ पुस्तकबाट सर्वोत्कृष्ट एउटालाई मदन पुरस्कार प्रदान गरिनेछ।
१. कैरन : ध्रुवसत्य परियार
२. नथिया : सरस्वती प्रतीक्षा
३. पाठशाला : तीर्थ गुरूङ
४. भुइयाँ : यज्ञश
५. यार : नयनराज पाण्डे
६. योगमाया : नीलम कार्की निहारिका
७. लिम्बुनी गाउँ : राज माङलाक
८. हिमाली दर्शन: मोहन वैद्य ‘किरण’





