‘दाई कण्डम छ’ भन्ने हिरोइनको संवाद सहित रिलिज भयो ‘मिस्टर भर्जिन’को टिजर (भिडियो सहित)



२५ असार २०७५, काठमाडौं

भदौ १ गतेबाट प्रदर्शन हुने चलचित्र ‘मिस्टर भर्जिन’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रले तीन युवाको यौन मनोविज्ञानलाई उठान गर्न खोजेको देखिन्छ ।

विशारद बस्नेतको निर्देशनमा तयार भएको चलचित्रमा मुख्य कलाकारका रुपमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल र मरिष्का पोखरेललाई देखाइएको छ । चलचित्रको टिजरमा महिला साहुनी भएको पसलमा ‘कन्डोम’ किन्न असजिलो मान्ने तीन यूवाको शैलीलाई देखाइएको छ ।

खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी र निर्देशक विशारद बस्नेतको लगानी रहेको चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपक यामको कोरियोग्राफी तथा मिलन डी काप्रिको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्