धार्मिक पर्यटकका लागि नयाँ गन्तब्य ‘गौशाला’



२५ असार २०७५, इटहरी

हाल प्रदेश १ ले पर्यटनलाई आफ्नो प्रमुख आम्दानीको स्रोतको रुपमा लिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । तर पर्यटकीय क्षेत्रको रुपमा पहाड र हिमाललाई मात्र राख्ने गरिन्छ । तराईका क्षेत्र भौगोलिक पर्यटकीय क्षेत्रको सूचिमा सूचिकृत हुदैनन् । केही क्षेत्र सूचिमा परेता पनि तिनीहरुमा खासै पर्यटक पुगेको भने पाईदैन । तर पछील्लो समयमा सुनसरी र मोरङका केही स्थानमा भने निजी र स्थानीय सरकारको लगानीमा धार्मिक पर्यटकीय केन्द्र स्थापना हुने क्रम बढ्दै गएको छ । सुनसरी र मोरङको सिमाक्षेत्रमा रहेको बुढीगंगा मुक्तघाटलाई स्थानीय सहयोगदाताको रुपमा विकास गरिएको छ भने संगैको सुन्दर हरैचा नगरपालिकाले आफ्नो गौरवको योजनाको रुपमा नयाँ बृन्दावन गौशालाको निमार्ण गर्ने भएको छ । बिश्वकै ठुलो गाईको मुर्ती राखिने उक्त क्षेत्रलाई धार्मिक स्थानको रुपमा विकास गरी त्यसबाट आम्दानी लिने नगरपालिकाको योजना छ ।

राधेश्याम सेवा ट्रष्ट र सुन्दर हरैचा नगरपालिकाको सयुक्त लगानीमा बन्दै गरेको गौशला क्षेत्र प्राकृतिक रुपले मनोरम स्थलको रुपमा रहेको वुढीगंगा जमुना खोलाको पूर्व तर्फकोे किनारामा सात विघा जमिनमा फैलिएको छ । नयाँ वृन्दावन २०६६ सालदेखि राधेश्याम सेवा ट्रष्टको स्थापना गरी नयाँ वृन्दावन वनाउने योजना सहित काम भईरहेको सो क्षेत्रमा अहिले सम्मकै पुर्व क्षेत्रको ठुलो राधाकृष्णको मन्दिरको निर्माण कार्य समेत अघि बढेको छ ।  आगामी भाद्र महिना सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी मन्दिर निर्माणको काम भईरहेको राधेश्याम सेवा ट्रष्टका संरक्षक दिनवन्धु शास्त्रीले जानकारी दिए ।

नेपाली धार्मिक मानसिकता भएकाले बर्षेनी लाखांै नेपालीले करौडौ खर्च गरी भारतमा रहेका मठ मन्दिरको दर्शनका लागि जाने गरेको दृष्टान्तलाई ध्यान दिदै उक्त परियोजनाको निमार्ण सुरु गरिएको शास्त्रीको भनाई छ । केही वर्ष भित्रै उक्त स्थान धार्मिक पर्यटकको मुख्य रोजाईमा पर्ने उनले बताएका छन् ।

बन्दै गरेको नयाँ वृन्दावन क्षेत्रमा हिन्दुहरुले लक्ष्मीको रुपमा पुज्दै आएका गौ सेवाका लागि गौशाला भवन, गौ सेवक वासस्थान, शिव मन्दिर, वुद्ध मूर्ति स्थापना आश्रम भवन राशी अनुसारको वृक्षारोपण गरी वगंैचा निर्माण गरिसकेको छ ।

बृन्दावन क्षेत्रमा पिकनिक स्पट र मानवहरुका पुर्खा तथा गोत्रा अनुसारका २४ वटा ऋषिमुनिहरुका मुर्तिहरु समेत वनाउने योजना अनुसार केही ऋषिहरुका मुर्ति निर्माण गरी पुर्खालय बनाउने कार्य अघि बढेको शास्त्रीको भनाई छ ।

विशेष गरि नयाँ वृन्दावनमा दैनिक धार्मिक अनुष्ठान, कोटीहोम महायज्ञ, महापुराण, पर्वजन्य महोत्सवलाई महत्व दिदै धार्मिक कार्यक्रमहरु गरिने योजना अघि सारिएको छ । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा निर्माण हुदै आएको बुढी खोला किनारामा रहेको नयाँ वृन्दावनमा अघिल्लो वर्षको बाढीले एक विघा जति जमिनको क्षेत्रफलमा क्षति पुर्याएको कारण यस वर्ष पनि वर्षायाममा बाढीले क्षति पुर्याउने समस्या भने रहेको छ । आफ्नो गौरबको योजनाको रुपमा निती तथा कार्यक्रममा राखेको नगरपालिकाले उक्त परियोजनालाई क्षतिबाट बचाउन तटबन्ध निर्माण गरे धार्मिक पर्यटन संगै हिन्दु संस्कृती र मुल्यमान्यको संरक्षण हुनेमा कसैको दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्