यसरी हुदैछ सेमिफाइनलका खेलहरु



२५ असार २०७५, काठमाडौं

रसियामा जारी २०१८ को विश्वकपको सेमिफाइनलको खेल सुरु हुन लागेको छ। ३२ राष्ट्रलाई घर पठाउदै सेमिफाइनल चरणमा युरोपका ४ राष्टहरु फ्रान्स,बेल्जियाम, क्रोएसिया र इंग्ल्याण्ड पुगेका छन्।

सेमिफाइनल चरणको पहिलो खेल जुलाई १० अर्थात भोलि असार २६ गते राति ११:४५ बजे फ्रान्स र बेल्जियामबीच हुदैछ। समूह सी को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको फ्रान्सले प्रि क्वाटर फाईनलमा अर्जेन्टिना र क्वाटर फाइनलमा उरुग्वेलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।

समूह जी को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको बेल्जियामले प्रि क्वाटर फाइनलमा जापान र क्वाटर फाइनलमा ब्राजिललाई पराजित गर्दै सेमिफाइनल यात्रा बनाएको थियो।

अर्को सेमिफाइनल खेल ११ जुलाई अर्थात पर्सि असार २७ गते राति ११:४५ बजे इंग्ल्याण्ड र क्रोएसियाबीच हुदैछ। समूह जी को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको इंग्ल्याण्डले प्रि क्वाटर फाईनलमा कोलम्बिया र क्वाटर फाइनलमा स्विडेनलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।

त्यसैगरी समूह डी को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको क्रिएसियाले प्रि क्वाटर फाइनलमा डेनमार्क र क्वाटर फाइनलमा रसियालाई पराजित गर्दै सेमिफाइनल यात्रा बनाएको थियो।

यी ४ राष्ट्र मध्धे कसले चुम्ला विश्वकप २०१८ को उपाधि ?

प्रतिक्रिया दिनुहोस्