
२४ असार २०७५, काठमाडौं
भारतीय संचार माध्यमका अनुसार मिथुन चक्रवर्तीका छोरा महाअक्षयलाई नायिकामाथि दुष्कर्म र बिना सहमती गर्भपतन गराएको आरोप लागिरहेको छ । जसका कारण शनिबार महाअक्षय र साउथकी नायिका मदालसा शर्माको विवाहमा पुलिस पुगेपछि विवाह नै रोकिएको छ ।
ऊटीस्थित एक होटलमा उक्त वैवाहिक कार्यक्रम रहेको थियो । एक पुलिस अधिकारीले महाअक्षय र उनकी आमा योगिता बालीसँग आरोपको विषयमा सोधपुछ गरेको जानकारी दिए । त्यसपछि दुलहीको परिवार होटल छोडेर गएको बताइएको छ ।
स्रोतका अनुसार नायिकाको निवेदनमा दिल्लीको रोहिणी अदालतले सोमबार महाअक्षयमाथि दुष्कर्म, जबरजस्ती गर्भपतन र धोकाको मुद्दामा एफआरआई दर्ता गर्न आदेश दिएको थियो । त्यसपछि दिल्ली पुलिसले अनुसन्धान सुरु गरेको हो । यद्यपी, शनिबार दिल्लीको अदालतबाट दुबै आरोपीलाई अग्रिम जमानत दिइएको थियो । यसअघि आरोपीले बम्बे हाइकोर्टमा निवेदन दिएका थिए तर अदालतले अस्विकार गरेको थियो ।





