भारतीय चर्चित व्यापारी माल्यालाई मानिसहरुले देख्नासाथ चोर–चोर भनेपछि…(भिडियो सहित)



२४ असार २०७५, काठमाडौं

विभिन्न बैंकको ९ हजार करोड ऋण तिर्न बाँकी रहेका भारतीय व्यापारी विजय माल्या आइसीसी च्याम्पियन्स ट्रफीअन्तरगत भारत र दक्षिण अफ्रिकाबीचको खेल हेर्न ओभर एरिना पुगेका बेला केही समर्थकहरु ‘चोर, चोर’ भन्दै चिच्याएका थिए ।

ओभलमा खेल हेर्न पुगेका उनलाई भारतीय समर्थकहरुले निकै बेर चोर भनी हुटिङ गरेका थिए । सामाजिक सञ्जालमा सेयर भएको भिडियोमा आकाशे निलो कोट लगाएर स्टेडियमको चर्चित सर ज्याक हब्स गेटमा पुग्दा एक समर्थकले ‘हेर चोर स्टेडियम छिर्दै छ’ भन्दै गरेको सुन्न सकिन्छ ।

युबी ग्रुपका पूर्व प्रमुख रहेका माल्या ऋण तिर्न नसकी गत वर्ष भारतबाट भागेर बेलायत आइपुगेका हुन् । उनलाई भारत सरकारले स्वदेश फिर्ता लान निकै प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्