रोनाल्डोको प्रेमिका जर्जिना गर्भवती…



म्याड्रिड – केही दिन यता फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको ट्रफीभन्दा पनि एउटा कुरा चाँडो बढिरहेको छ, त्यो हो उनको परिवार ।

३२ वर्षीय स्टार खेलाडीले स्पेनिस पत्रिका एल मुन्डोसँग कुराकानी गर्दै प्रेमिका जर्जिना रोड्रिग्वेज गर्भवती भएको कुरा स्वीकार गरेका छन् ।

थप अर्को सन्तान आउने समाचारबारे सोध्दा उनले आफू निकै खुसी भएको बताए ।

जर्जिनाबाट उनको चौँथो सन्तान हुनेछ । केही दिनअघि मात्र उनी सरोगेट आमाबाट दुई सन्तानको पिता बनेका थिए ।

उनको यसअघि ६ वर्षीय छोरा रहेका छन् ।

जर्जिना पनि गर्भवती रहेको कुरा धेरै समयदेखि चर्चा भइरहेको थियो । इन्सटाग्राम पोष्ट गरिएको तस्विरले त्यो खबरलाई झन् बढावा दिएको थियो ।

रोनाल्डोले आफू परिवारसँग रहने भएको कारण रियल म्याड्रिडको अमेरिकाको टुरमा पनि सहभागी नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्