
२४ असार २०७५, काठमाडौं
जल तथा मौसम पूर्वानुमान महाशाखाले गएराति देखि भइरहेको वर्षा तीन दिनसम्म जारी रहने जनाएको छ ।
महाशाखाले बंगालको खाडीसँगै अरबसागरमा ठूलो मात्रामा जलवाष्प उठ्न थालेकाले नेपालमा तीन दिनसम्म निरन्तर वर्षा हुन सम्भावना रहेको जानकारी दिएको हो ।
मौसमविद् मञ्जु बासीका अनुसार पूर्वको तुलनामा पश्चिम क्षेत्रका धेरै ठाउँमा आइतबार भिषण वर्षा हुने सम्भावना रहेको छ ।विगत केही दिन वर्षा नहुँदा काठमाडौं उपत्यकासहित देशैभर गर्मी बढेको थियो। मौसममा बदली भएसँगै तापक्रम घटेको छ।





