
२४ असार २०७५, काठमाडौं
प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा महिला जागरण समाज कामपा वडा नम्बर २३ले सिपमूलक तालिम सम्पन्न गरेको छ ।
सिपमूलक तालिम अन्तर्गत ३० दिने शिक्षक, १० दिने खेलौना, ७ दिने पुष्प श्रृंगार र १ दिने लिक्विड साबुन बनाउने तालिम सम्पन्न भएको छ । ९५ प्रतिशत महिला र ५ प्रतिशत पुरुष गरी तालिममा १६० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य राजेश शाक्य, कामपा २३वडाध्यक्ष मचा राजा महर्जन, २३वडा महिला जागरण समाज अध्यक्ष सजनी महर्जन, ओलम्पस क्लबका अध्यक्ष पबित्र मान बज्राचार्यको उपस्थिती रहेको थियो । 





