सांसद कोमल वली र बरिष्ठ डा. भोला रिजाल सम्मानित (फाटो फिचर)



२४ असार २०७५, काठमाडौं

एसईई परीक्षामा उत्तीर्णहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा जोसेफ हाई स्कूलले सांसद कोमल वली र बरिष्ठ डाक्टर भोला रिजाललाई समेत सम्मान गरेको छ ।

संचार र गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै राष्ट्रिय सभा सदस्य समेत रहेकी कोमल वलीलाई सम्मान गरेको हो । त्यसैगरी स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै बरिष्ठ डाक्टर भोला रिजाललाई सम्मान गरेको थियो । एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरु र उनीहरुका अभिभावकलाई समेत सम्मान गरेको थियो ।

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ, प्रदेश सभा सदस्यहरु कुसुमकुमार कार्की लगायतले सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै फलामे गेट पार गरेर जीवनको ढोका खुलेको भन्दै शिक्षकशिक्षिका, बुवाआमाको भावनालाई समेत बुझ्न बताएका थिए ।

सम्मानित सांसद तथा गायिका कोमल वलीले भर्खरै रिलिज गरेको तीज गीत ‘आउ दीदी बहिनी हो गरौं रमाईलो’ गाएर विद्यार्थी तथा शिक्षिकाहरुलाई नचाएकी थिईन् भने हाँस्यव्यङ्गय क्षेत्रका चर्चित कलाकार राजा राजेन्द्रले विभिन्न प्रस्तुती मार्फत सवैलाई हसाएका थिए ।

भर्खरै +२ संचालन गरेको जोसेफ स्कूलले आफ्नो विद्यालयबाट उत्तीर्णहरुलाई विशेष छुटमा र अन्य विद्यार्थीहरुलाई सस्तोमा आधुनिक र गुणस्तरीय शिक्षा दिन आफ्नो विद्यालय प्रतिवद्ध रहेको प्रिन्सिपल सूर्यबहादुर अधिकारीले बताए ।

  

प्रतिक्रिया दिनुहोस्