रुस विश्वकप रोमाञ्चक बन्दै, विश्व विजेताहरु एकपछि अर्को गर्दै घर फिर्ता



२३ असार २०७५, काठमाडौँ

रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा विश्व विजेताहरुको घरफिर्ताको क्रम जारी छ । शुक्रबार सबैभन्दा बढीपटक विश्वकप जित्ने ब्राजिल घर फर्कियो ।
सुरुवातदेखि नै विश्वविजेताहरुको दुर्भाग्य क्वाटरफाइनलसम्म जारी रह्यो । समूहचरणबाट जर्मनी बाहिरिंदा प्रि क्वाटरफाइनलमा स्पेन र अर्जे्न्टिना बाहिरए ।
अर्को विश्व विजेता फ्रान्स सेमिफाइनलमा पुग्दा पहिलो विश्वकपको आयोजक तथा विजेता उरुग्वे पनि घर फर्कियो । शुक्रबार सम्पन्न क्वाटर फाइनलमा फ्रान्स र बेल्जियम विजयी भए । यो विश्वकपमा फ्रान्स सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र बन्यो । उरुग्वेलाई २–० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो । फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गरे ।
खेलको ४० औं मिनेटमा भरानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई सहज जित दिलाए । ग्रिजम्यानले डी एरिया बाहिरबाट प्रहार गरेको सट उरुग्वेका गोलकिपर फर्नान्दो मस्लेराले राम्रोसँग क्लियर नगर्दा गोलपोस्टभित्र छिरेको थियो ।
उरुग्वेका भरपर्दा स्ट्राइकर इडिसन काभानी घाइते भएर आज खेल्न सकेका थिएनन् । जसको असर खेलमा प्रत्यक्ष देखिएको थियो ।
योसहित फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छैटौं पटक हो । अब फाइनलमा पुग्नका लागि फ्रान्सले बेज्लियमको सामना गर्नुपर्नेछ ।
शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा केभिन डि ब्रुयेनको उत्कृष्ट प्रदर्शनको मदतमा पाँच पटकको विजेता ब्राजिललाई घर फर्काउँदै बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो । बेल्जियम सन् १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको हो । बेल्जियमले बलियो टोली ब्राजिललाई २–१ गोल अन्तरले हराएको हो ।

ब्रजिललाई प्रतियोगिताको प्रमुख दावेदारका रुपमा हेरिएको थियो र उसले अहिलेसम्म एक गोल मात्र खाएको थियो । तर, कजानमा सुरूमै गोल खान पुग्यो । नेसर चार्डीको कर्नरमा फर्ना्न्डिन्होेले आत्मघाती गोल गरे । भिन्सेन्ट कम्पोनीको हेड बल उनको काँधमा लागेर गोल हुन पुगेको थियो । यो रुस विश्वकपको १० औं आत्मघाती गोल हो ।
फर्ना्न्डिन्होका म्यानचेष्टर सिटीका टिममेट डि ब्रुडेनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा रोमेलु लुकाकुले दिएको पासमा उनले डि बक्स बाहिरबाटै गोल गरे ।
रोमाञ्चक खेलको सुरुमा नै ब्राजिलको प्रहार पोष्टमा लागेको थियो भने थिएगो सिल्भाले गोल गर्ने मौका गुमाएका थिए ।
खेलको ७६ औं मिनेटमा काउटिन्होको पासमा रेनाटो अगुःटाले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउन आश देखाएका थिए । तर त्यो अपर्याप्त रह्यो ।
यो पराजयसंगै जर्मनीबाट सुरु भएको ठूलो टिमहरु घर फर्कने क्रममा ब्राजिल पनि थपिएको छ । यसअघि ःपेन, अर्जे्न्टिना पनि बाहिरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्