डिप्रेसनको शिकार भएका कपिल यस्तो अवस्थामा भेटिएपछि…



२३ असार २०७५, काठमाडौं

निकै लामो समयदेखि विवादमा आएका भारतीय हाँस्यकलाकार कपिल शर्मा टेलिभिजनबाट ब्रेक लिएपछि कहाँ छन् यो धेरैको चासोको विषय होला । कुनैबेला निकै फिट देखिने कपिल अब पहिलाको तुलनामा निकै मोटाएका छन् । उनको पेट भ्यात्त बाहिर निस्किएको छ ।

विभिन्न सञ्चारमाध्यममा तथा पारिवारिक स्रोतका अनुसार उनलाई डिप्रेसन भएको बताईएको छ । हालै, उनी प्रेमिका गिन्नी चतरथसँग छुट्टी मनाइरहेको बताइए पनि कपिलको एउटा फोटो सार्वजनिक भएको छ जसमा उनी एम्सटर्डमको कुनै सुपरमार्केटमा सामान किनिरहेको देखिएका छन् ।

करिब १५ दिन पहिले मुम्बई एयरपोर्टमा देखिएका कपिलको नयाँ कार्यक्रम ‘फ्यामिली टाइम विद कपिल शर्मा’ तीन एपिसोडपछि नै बन्द भएको थियो । रिपोर्टका अनुसार च्यानले कपिलको अव्यवसायिक व्यवहारका कारण यसलाई बन्द गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्