निर्वाचन अघि मतदातासँग गरिएका प्रतिवद्धता पुरा भएको गाउँपालिका अध्यक्षको दावी



२२ असार २०७५, ओखलढुंगा

स्थानीय तहको निर्वाचनमा ओखलढुंगाको चम्पादेवी गाँउपालिकाबाट निर्वाचित भएका नवराज केसीले निर्वाचनको समयमा मतदातासँग गरेको प्रतिवद्वता पुरा गरेको दावी गरेका छन् ।

समाजसेवा सँगै राजनीतिमा सक्रिय रहदै आएका केसी नेपाली काँग्रेसबाट उम्मेदवार दिई ओखलढुंगाको चम्पादेवी गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । विभिन्न विकासका पूर्वाधारहरु कृषि, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी जस्तो क्षेत्रलाई आधार बनाएर चम्पादेवी गाँउपालिका समृद्विका लागि विभिन्न विकास निर्माणका क्रियाकलाप सञ्चालन गरिरहेको उनले बताए ।

‘गाँउ गाँउको समृद्वि पालिकाको सान, पर्यटकीयक्षेत्र चम्पादेवीको पहिचान’ भन्ने नारालाई आत्मसात गर्दै पर्यटन विकासको लागि आफू लागिपरिरहेको र यस क्षेत्रकोे प्रशिद्ध धार्मिक स्थल चम्पादेवी मन्दिर, तीनतले टालखर्क, जलविद्युतको प्रचुर सम्भावना बोकेको लिखु नदि लगायतका सम्भावित पर्यटकीय क्षेत्रमा होमस्टे संचालन गरी चम्पादेवी गाँउपालिकाको समृद्धिका लागि आफू निरन्तर लागि परिरहेको समेत बताए ।

अध्यक्ष केसीले समयमै काम नसकी सरकारी बजेट फ्रिज हुने समस्या पुरानै रहेको बताउँदै द्रुतगतिमा काम सञ्चालन गरि चैत मसान्त भित्रै योजना अनुसारको काम सम्पन्न गरेको र गाँउपालिकाको बजेट फ्रिज हुन नदिएको समेत दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्