काठमाडौं महानगरपालिका वडा नं १५ को घरघरमा वडाध्यक्ष



२२ असार २०७५, काठमाडौं

काठमाडौं महानगरपालिका वडा नं १५ ले वडावासीको घरमै पुगेर विशेष भत्ता वितरण गरेको छ । यस विशेष भत्ता वितरणको अभियानमा वडा नं १५ का अध्यक्ष  ईश्वर मान डंगोल, वडा सदस्यहरु निमा लामा, आनन्दराम गौतम र मैयाँ लक्ष्मी महर्जन पनि सहभागी भएका थिए ।

वडावासीको स्वास्थ्य, शिक्षा र सरोकारका विषयमा संवेदनशील बनेर विविध गतिविधि गर्दै आएको वडा नं १५ मा पहिलो चरणमा २२० र दोश्रो चरणमा ८० जना जेष्ठ नागरिकलाई विशेष भत्ता उनीहरुकै घरमा पुगेर वितरण गरिएको थियो ।

जन प्रतिनिधिहरु भत्ता लिएर आफ्नो निवाससम्म आउँदा स्थानीयहरु निकै हर्षित भएका थिए भने आगामी दिनमा वडाका हरेक गतिविधिको सफलताको सुभकामना पनि दिएका थिए ।

बर्तमान सरकारले ज्येष्ठ नागरिकलाई रु.१,००,०००.।–(एक लाख ) को बिमा गर्ने व्यवस्था गरेको जानकारी गराउँदै ज्येष्ठ नागरिक सम्मान भनेको इतिहास र राष्ट्रको सम्मान भएको महानगरपालिका वडा नं १५ अध्यक्ष ईश्वर मान डंगोलले बताए ।

उनले महानगरले आफ्नो घोषणा पुरा गरेकोमा आभार व्यक्त गर्दै जेष्ठ नागरिकको योगदानलाइ कदर गर्दै नया पुस्ताले पुरानो पुस्तालाइ सम्मान गर्ने बतावरणको सिर्जना गर्नुपर्ने समेत बताए।

प्रतिक्रिया दिनुहोस्