रेखाको खुलासा : छवि र शिल्पाको विवाह भैसकेको छ



२२ असार २०७५, काठमाडौँ

नेपाली चलचित्रकी सुपरहिट अभिनेत्री रेखा थापाले आफ्नो पूर्व पति तथा निर्माता छविराज ओझाले अभिनेत्री शिल्पा पोखरेलसँग विवाह गरिसकेको रहस्यको खुलासा गरेकी छिन् । उनले छविराज र शिल्पाको विवाह २ वर्ष अगाडि नै भएको समेत गोप्यता खोलेकी छिन् ।

उनी लेख्छिन्, ‘कुनै समय मैले लगाउने सर्ट, स्कर्ट, छविराज ओझासँगको प्रेम, वैवााहिक सम्बन्ध र त्यसपछिको डिभोर्सले मिडियामा खुब स्थान पायो । पब्लिक फिगर भएकाले मेरो जीवनका गतिबिधिमा पाठक र दर्शकको चाख हुन्छ । तर, इरिटेट त्यहाँनेर लाग्छ, जब मलाई छविराज ओझासँग अहिले पनि जोडिन्छ, जबकि डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई वर्ष भइसक्यो ।’

लामो समयदेखि छविराज ओझा र शिल्पा पोखरेलले विवाह गर्न लागेको खबर बारम्बार बाहिर आइरहँदा अहिले रेखाको यो खुलासाले सबैलाई चकित तुल्याएको छ ।

के साच्चैँ नै छविराज र शिल्पाको विवाह भइसकेकै हो त ? आखिर हो भने किन लुकाइयो ? पूर्व पत्नीको यो खुलासामा छविराजको प्रतिक्रिया अब सबैका लागि चासोको विषय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्