लिटिल एञ्जेल्स स्कूलमा चिनियाँ साँस्कृतिक केन्द्रको विशेष प्रस्तुति (फोटो फिचर)



२१ असार २०७५, काठमाडौं

चिनियाँ सांस्कृतिक केन्द्र नेपाल र नान्जीङ्ग म्युनिसिपल ब्युरो अफ कल्चर ब्रोडकास्टिङ टिभी प्रेस एण्ड पब्लिकेशनको संयुक्त आयोजनामा भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षामा अग्रणी  लिटिल एञ्जेल्स स्कूलको सभाहल ललितपुरमा चाईनिज विद्यालयका  प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुले विशेष मार्सल आर्ट प्रस्तुत गरेका छन् ।

वेल्ड एण्ड रोड ईनिसेटिभ अन्तर्गत नै संचालन गरिएको कार्यक्रममा चाईनिज बालबालिकाहरुले विशेष मार्सल आर्ट प्रस्तुत गरेका थिए ।  पछिल्लो समय भाषा र संस्कृति आदान-प्रदानमा विशेष ध्यान दिएको चीन सरकारले भौतिक पूर्वाधारको साथै सांस्कृतिक क्षेत्रमा समेत विविध कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा भाषा र संस्कृति आदान-प्रदानमा सहकार्य गर्ने गरी लिटिल एञ्जेल्स स्कूलसँग विशेष सम्झौता समेत भएको छ।

प्रतिक्रिया दिनुहोस्