
२२ असार २०७५, इटहरी
लजाउने, धकाउने, आवश्यकता भन्दा कम वोल्ने राई चेलीहरुको ठेक्का नभएको आदिवासी जनजाती पत्रकार संघ (फोनिज) का कोषाध्यक्ष अमरध्वज लामाले बताएका छन् ।
इटहरीमा वुधवार सम्पन्न तीन दिने उद्घोषण तथा क्षमता विकास तालिमको समापन लाई सम्वोधन गर्दै तालिम प्रशिक्षक समेत रहनुभएका लामाले यस्तो बताएका हुन् ।
तालिमका प्रशिक्षक लामाले तिन दिनसम्म किराँत, राई चेलीहरु सँग सहभागी हुन पाएर खुशी लागेको साथै अरुको नक्कल गरेर वोल्ने होइन तर प्रभावकारी तरिकाले वोल्न र डरको वारम्वार सामना गर्ने वानी परेपछि सामन्य हुने वताए ।

किरात राई सुम्नीमा संघ नगरकार्य समिती इटहरी सुनसरीले आयोजना गरेको तालिममा २० जना राई महिलाहरुको सहभागिता रहेको आयोजक समितीकी अध्यक्ष वन्दना राईले बताए ।
सुम्निमा संघ सुनसरीकी अध्यक्ष सिता राईको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा सहभागी चन्द्रकला राईले आफुले यो तालीममा सहभागी भएर आफ्नो मनमा लागेको कुराहरु स्पष्टसगँ वोल्न सक्ने भएको र यो तालीममा सहभागी हुनु भन्दा पहिले आफुलाई कुनै कार्यक्रममा वोल्ने वानी नभएको र वोल्न डर लाग्ने गरेको वताईन् ।
किराँत राई सुम्निमा संघ नगर कार्यसमिती इटहरीले आयोजना गरेको उक्त कार्यक्रममा किराँत राई सुम्नीमा संघ नगर अध्यक्ष वन्दना राईको अध्यक्षता रहेको कार्यक्रममा ज्ञान किराँती, राम प्रसाद राई, माया राई, दुर्गा राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।





