दुई सन्तानका पिता अविवाहित करण जौहरको जीवनी



२१ असार २०७५, काठमाडौं

करण जौहर एक प्रसिद्ध भारतीय फिल्म निर्देशक, उत्पादक, चलचित्र लेखक, कस्ट्युम डिजाइनर, अभिनेता र टिभी होस्ट हुन् । उनी हिरू जौहर र यश जौहर का छोरा हुन् । जौहर धर्मा प्रोडक्शन्स कम्पनी का मालिक पनि हुन् । उनी भारत र विश्वको सबैभन्दा धेरै कमाइ गर्ने खालका फिल्म उत्पादन गर्नका लागि प्रसिद्ध छन् ।

तिमध्ये ४ वटा फिल्म जहाँ शाहरुख खान अभिनेताको पात्रको रुपमा रहेका छन् । यी फिल्मको सफलताको कारण करण जोहरलाई  भारतीय सिनेमाका पश्चिम अनुभूतिमा भिन्नता ल्याएकोमा उनीमाथि सबैले गर्व गरेका छन् ।  आदित्य चोपड़ा द्वारा निर्देशित ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ नामक फिल्ममा सहायक अभिनेताको पात्रको रुपमा करनले फिल्ममा पाइला चालेका थिए । उनले पछि अत्याधिक सफल रोमान्टिक कमेडी ‘कुछ कुछ होता है’ को साथ आफूलाई निर्देशकको रुपमा स्थापित गरेका थिए । उक्त चलचित्रबाट करणले सर्वश्रेष्ठ निर्देशक र सर्वश्रेष्ठ पटकथाको लागि फिल्मफेयर अवार्ड पाएका थिए । उनको दास्रो चलचित्र परिवारिक नाटक, कभी खुशी कभी गम (२००१)  र रोमान्टिक नाटक, कभी अलविदा ना कहना (२००६)  थिए । कभी अलविदा ना केहना (२००६) व्यभिचारको बिषयमा आधारित चलचित्र थियो । यी दुवै चलचित्रले भारत र विदेश मा प्रमुख वित्तीय सफलता प्राप्त गरे । यसरी नै जौहरले बलिउडको सबैभन्दा राम्रो चलचित्र निमार्ण गर्ने निमार्ताको रुपमा आफूलाई स्थापित गरे ।

करणको चौथो चलचित्र माइ नेम इज खान (२०१०) लाई पनि सकारात्मक समीक्षा मिल्यो  र उक्त चलचित्रले २०० करोड कमाउन सफल भयो । यस्तै हिट चलचित्र निमार्ण गरेका कारण उनी एक सर्वश्रेष्ठ निमार्ता र निर्देशकको रुपमा परिचित छन् ।

करियर
करन जौहरले फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ बाट सहायक निर्देशक को रुपमा बलिउडमा प्रवेश गरेका थिए । यस फिल्ममा उनले शाहरुख खानको साथीको रुपमा सानो भूमिका निर्वाह गरेका थिए । निर्देशकको रुपमा उनले निमार्ण गरेको पहिलो चलचित्र ‘कुछ कुछ होता है’ ब्लकबस्टर भएको थियो । यो चलचित्र प्रेमसम्बन्धमा आधारित थियो । त्यसपछि कभी खुशी कभी गम, कभी अलबिदा ना केहना, माई नेम इज खान । यी सबै चलचित्रमा करणले शाहरुखलाई नै लिड राखेका थिए । त्यसपछिका उनका चलचित्रमा चाहीं उनले नयाँ कलाकारहरुलाई मौका दिन थालेका छन् ।

पढाई
करनले मुम्बईको ग्रीनलान्स हाई स्कूल र एचआर कलेज अफ कमर्स एण्ड इकोनोमिक्सको अध्ययन गरेका थिए । उनले फ्रेन्चमा मास्टर्सको डिग्री समेत गरेका छन् ।

टीभी होस्ट
टीभीमा करनले ‘कफि विद करन’ नाम को शो होस्ट गरेका थिए । जहाँ सेलिब्रिटी हरुसँग उनी कुराकानी गर्थे । यो शो अत्यन्त चर्चित र सफल भएको थियो । यो शो मा करनले लगभग सबै कलाकारहरुसँग कुराकानी गरिसकेका छन् । उनको बलिउडमा सबै कलाकारहरुसँग सम्बन्ध राम्रो रहेको छ ।

निजी जीन्दगी
फिल्म निर्देशकको पहिचानलाई नयाँ रुप दिएका करनको निजी जीवन चर्चाको बिषय बनेको छ । उनको निजी जीवनलाई लिएर मानिसहरुले अनेक अनेक कुरा गर्ने गरेका छन् । उनी उठ्ने बस्ने र बोल्ने कुरालाई लिएर उनी पटक–पटक हासोको पात्र पनि बन्ने गरेका छन् । करणको व्यक्तिगत आचरण कस्तो छ भने कोहि उनीमाथि हाँस्दा पनि उनलाई केहि फरक पर्दैन । आफूलाई नराम्रो भन्नेलाई उनी वास्ता गर्दैनन् किनकि करणका साथीहरुले कहिले पनि उनको साथ छोडेका छैनन् । फिल्मी दुनियाँमा करनको सबैभन्दा नजिकको मित्र शाहरुख खान हुन् । फिल्मी दुनियाँमा मात्र नभएर यिनीहरुको सम्बन्ध निजी जीवनमा पनि उत्तिकै गहिरो छ । ४० बर्षको हाराहारीमा पुगेका करनले अहिलेसम्म विवाह गरेका छैनन् ।

करनले अहिलेसम्म विवाह गरेका छैनन् तर ७ फरवरी मा सर्जरी विधिबाट उनका २ सन्तान भएका थिए । जसमा छोरा यश र अर्काे छोरी रुही थिए । करन सबै कुराहरु खुलेर गर्ने व्यक्ति हुन् । समग्रमा हेर्ने हो भने करनले निर्माता, निर्देशक, जज, कस्ट्युम डिजाइनर आदि सबै जिम्मेवारी निभाउन सफल रहे ।

प्रतिक्रिया दिनुहोस्