कैटरिनाको भिडियोमा अर्जुन कपुरले कमेन्ट गरेपछि…(भिडियो सहित)



२१ असार २०७५, एजेन्सी

अभिनेत्री कैटरिना कैफलाई बलिउडमा सबै भन्दा राम्री हिरोनी मध्येकी एक मानिन्छ । उनको अभिनय भन्दा पनि सुन्दरताको बढी चर्चा हुनेगर्छ ।

त्यसोत उनी सोसल मिडियाका कारणले पनि चर्चामा आउने गर्छिन् । केहि दिन अघि सोसल मिडियामा उनले राखेको ब्ल्याक एन ह्वाइट फोटोलाई धरै मनपराएका थिए । हालै उनले कपालमा पाउडर हालेर धुवाँ जसरी उडाएको भिडियो सोसल मिडियामा राखेकी थिइन् । उक्त भिडियो धेरैले मन पराएका थिए तर अर्जुन कपुरलाई उक्त भिडियो मन परेको थिएन र कैटलाई केही यस्तो कुरा भने जसले हंगामा मच्चाएको छ ।

Powder and earth ?

A post shared by Katrina Kaif (@katrinakaif) on

अभिनेता कपुरले कमेन्टमा लेखेका छन्, ‘तिम्रो कपालमा डैंड्रफ भा छ हो ।’ यस्तो कमेन्ट आएपछि कैटरिनाका फ्यानले अर्जुनलाई खुब गाली गरेका थिए । तर कैटरिनाको अहिले सम्म केहि रियाक्सन दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्