म्यारोडोना भन्छन् : विपक्षी खेलाडीले जति बेला नेइमारलाई रोक्थ्ये साँच्चै म रुन चाहन्थे



२१ असार २०७५, काठमाडौँ

अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाले रसिया विश्वकपमा उपाधिको एक सम्भावित राष्ट्र ब्राजिल र त्यसका स्टार खेलाडी नेइमारप्रति विपक्षी टोलीले गरेको फल्डको खुलेर आलोचना गरेका छन्।

विश्वकपमा ब्राजिलले गरिरहेका प्रदर्शन हेर्दा उपाधि जित्ने सम्भाना धेरे रहेको पनि उनले बताएका छन् । ‘म यो विश्वकपको मज्जा लिइरहेको छु । मलाई लाग्छ ब्राजिल निकै बलियो छ र उनीहरु उपाधिको यात्रामा छन् ।’ उनले रसिया विश्वकपको उपाधि ब्राजिलले जित्ने भनेर भविष्यवाणी समेत गरेका छन् ।

उनले नेइमार माथि भइरहेका फल्डको आलोचना समेत गरेका छन् । अन्तिम १६ मा मेक्सिकोसँगको खेलमा नेयमार लयमा देखिएका थिए । पछिल्ला चार खेललाई हेर्दा उनी त्यसमा बढी प्रभावकारी मानिएको छ ।

सोही खेलमा नेइमारले विपक्षी खेलाडीको फल्डमा आवस्यकता भन्दा बढी अभियन गरेको भन्दै सर्बत्र आलोचना भइरहँदा म्यारोडोनाले भने फल्ड गर्ने खेलाडी र राष्ट्रको आलोचना गरेका छन् । अन्तिम १६ को खेलमा ब्राजिलले २–० ले जितेको थियो। जुन खेलमा मेक्सिकन खेलाडीले नेइमारलाई मात्र टार्गेट गरेर लगातार फल्ड गरिरहेका थिए ।

‘नेइमारले हामीलाई कि त रुवाउछन् की त हसाउँछन् । विपक्षी खेलाडीले उनलाई जति बेला रोक्थ्ये म साँच्चै रुन चाहन्थे । तर उनी जति बेला बल लिएर अघि बढ्थे मलाई दिल खोलेर हाँस्न मन लाग्थ्यो,’ म्यारोडोनाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्