किन मापदण्ड बिपरीत सन्चालन हुदैछन् नमोबुद्ध नगरपालिकामा इट्टाभट्टा ?



२० असार २०७५, काठमाडौं

स्वच्छ वातावरणमा बाच्न पाउनु मानव जिवनको नैसर्गिक अधिकार हो । नेपालको संविधानले स्वच्छ वातावरणमा नागरीकले बाच्न पाउनु पर्ने अधिकारलाई प्रत्याभुत गरेको छ । बढ्दो शहरीकरण, जथाभाबी रुपमा खोलीएका उधोगधन्दाहरु , फोरमैलाको उचित व्यवस्थापन नहुनुले र वातावरण संरक्षण प्रतिको उदासिनताको कारणले यतीबेला प्रदुषित वातावरणमा बस्नु पर्ने बाध्यता रहेको छ ।

यो बाध्यता आम नेपालीको नै हो । तथापी धुलो धुवा मात्र नभएर बस्ती नै रहेको ठाउमा मापदण्ड विपरीतका इट्टाभट्टा उधोगहरुको कारण यतीबेला काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वातावरण प्रदुषणको नमुना नगरपालिका बन्दै गएको छ । नगरपालिकाका अन्य समस्याहरु भन्दा वातावरण प्रदुषण यतीबेला नगरबासीको टाउको दुखाईको विषय बनेको छ । सडक र सवारी साधनबाट निस्कने धुवा धुलो एकातिर छदैछ , त्यो भन्दा पनि नगरपालिका क्षेत्रमा जथाभाबी खोलीएका इट्टाभट्टाहरुबाट अध्याधीक रुपमा आउने धुवाधुलोबाट नगरबासीहरु पिडीत बनीरहेका छन् । हाल नमोबुद्ध नगरपालिका क्षेत्रमा ८ वटा इट्टाभट्टाहरु सन्चालीत छन् । के बालबालिका, के युवा त के वृद्ध सबैले यतीबेला वातावरण प्रदुषणले सास्ती भयो भन्ने उनीहरुले गुनासाहरु गरीरहेका छन् ।

जथाभाबि खोलीएका इट्टाभट्टाहरुले यहाको मानव जिवनलाई नै अस्तव्यस्त बनाएको छ । स्वच्छ हावाबाट वन्चित छन् यहाका बासीन्दाहरु । इट्टाभट्टाहरुबाट आउने अध्याधीक धुवाका कारण स्वस्थ्यमा समेत प्रतिकुल असर पर्न थालीसकेको छ भने धोएर सुकाएका कपडाहरु समेत धुलोमैलो देखीन्छन् । अत्याधीक धुलोधुवाले बालिनालीमा नराम्रो असर परेको छ । छोटो दुरीमै खोलाएका अध्याधिक इट्टाभट्टाहरुले जनजिवन नै तहस नहस बनाएको बताउछन् यहाका स्थानीय बासीन्दाहरु ।

सिमीत मानिसहरुको फाइदाको लागी नगरबासीहरुले नै सास्ती खेप्नु परेको छ । यहाका जनतालाई अस्वस्थ्य वातावरणकै कारण दम, रुखाखोकी , छाती घाटी दुख्ने समस्याहरु देखा परीरहन्छ । यती मात्र होइन साना बालबालिकाहरुलाई समेत रुघाखोकी , निमोनियाले ग्रसीत बनाइरहन्छ भने बालबालिकाको पढाई समेत प्रभावित बनेको छ । विषेष गरी नगरपालिकाको भकुण्डे क्षेत्रको अवस्था अहिले विकराल रहेको छ । यो क्षेत्रमा अहिले पानीका मुहानहरु सुक्नुका साथै सुख्खा ग्रस्त क्षेत्रमा परिणत भएको छ । वातावरण प्रदुषणको कारण बालबालिकाहरुको शिक्षामा समेत व्यापक असर परेको छ । धुलोधुवाका कारण बच्चाहरुको आखामा निकै नै समस्या भइरहेको अभिभावकहरु बताउछन् ।

हुन त मापदण्ड बिपरीत सन्चालीत इट्टाभट्टाहरुको बेलाबखत अनुगमन नहुने पनि हैन । वातावरण विभाग , नमोबुद्ध नगरपालिका तथा बिभीन्न सरोकार संस्थाहरुको संयुक्त अध्धयन अनुसन्धान गर्दा वातावरणमा प्रतिकुल असर परिरहेको निष्कर्ष समेत निकालेको छ । नगरपालिकाभित्र सन्चालीत इट्टाभट्टा उधोगहरु मध्ये कुनैमा पनि मापदण्ड नरहेको अनुगमनका क्रममा भेटिएको छ । प्रदुषण नियन्त्रणका लागि बिना पूर्वाधार बनाइएका इट्टाभट्टा उधोगहरु खोलीएका छन् ।

इट्टाभट्टा उधोग सन्चालन गर्नको लागी कम्तिमा १७ मिटर उचाई हुनु पर्नेमा सो समेत नभएको पाइएको छ । अर्को तर्फ खेती योग्य जमीनबाट माटो निकाल्न नपाइने नियम छ । तर कानुनको समेत उलंघन गर्दै इट्टाभट्टा उधोगहरु सन्चालनमा रहेका छन् ।

पटक पटक नमोबुद्ध नगरपालिकाले इट्टाभट्टा सन्चालक हरुलाई मापदण्ड विपरीत इट्टाभट्टा सन्चालन नगर्न भने पनि उनीहरुले अटेर गरीरहेका छन् । नमोबुद्ध नगरपालिकाले दोस्रो नगरसभाबाट वातावरण संरक्षण ऐन २ हजार ७५ समेत लागु गरेको छ । वातावरण प्रदुषण न्युनीकरणको लागी विभीन्न कार्यक्रम सन्चालन गरीरहेको नमोबुद्ध नगरपालिकाले मापदण्ड विपरीत सन्चालन भइरहेको इट्टाभट्टा उधोग बारे कस्तो कदम चालिरहेको छ , सो बारे बुझ्न हामी नमोबुद्ध कार्यालयमा तर्फ लाग्यौ । नगरपालिकाका नगरप्रमुख टिपी शर्मा तिमील्सीनाले इट्टाभट्टा उधोगले वातावरणमा प्रदुषण निम्त्यारहेको स्विकार्नु भयो । उहाले नगरबासीको गुनासोलाई सम्बोधन गर्दै आगामी वर्षदेखी इट्टाभट्टा उधोगहरुको नविकरणमा रोक लगाउने तयारी गरेको बताए ।

नमोबुद्ध नगरपालिकामा सन्चालीत इट्टाभट्टा उधोगहरु भौगोलीक रुपमा समेत उपयुक्त छैन । नगरपालिकामा खोलिएका मापदण्ड विपरीतका इट्टाभट्टा उधोगहरुले मानव जिवन संगसंगै , वन्यजन्तु र बालिनालिमा समेत असर पुर्याइरहेको छ । चौबिसै घण्टा चल्ने परम्परागत प्रविधीका इट्टाभट्टा उधोगहरुले नगरबासीहरुको जनजिवन नै अस्तव्यस्त बनाएको छ ।

इट्टाभट्टा उधोगहरुबाट निस्कने सल्फरडाइअक्साइड, नाइट्रोअक्साइड जस्ता तत्वहरु वायुमा मिल्न गई जलवायु परिवर्तन , ओजनतह पातलिने जस्ता समस्याहरु बढ्दै गएका छन् । इट्टाभट्टा उधोगहरुले वनजंगलबाट माटो ल्याउने गरेकाले वनजंगलमा समेत असर परिरहेको छ । इट्टाभट्टा उधोगहरुकै कारण कृषि क्षेत्रमा समेत प्रत्यक्ष असर पुगीरहेको छ । बढ्दो वातावरण प्रदुषणलाई मध्यनजर गर्दै नमोबुद्ध नगरपालिकाले अब भने यस्ता उधोगहरुलाई विस्थापीत गर्दै वातावरण मैत्री उधोग क्षेत्र बनाउने निती लिएको छ । तर तत्कालको लागी भने प्रदुषित वातावरणले निकै नै सास्ती भइरहेको छ । नगरबासीहरुको स्वास्थ्यलाई राहत पुग्ने गरी र बाली नाली र समग्र वातावरण संरक्षणको लागी अल्पकालिन , मध्यकालिन र दिर्घकालिन योजना ल्याउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्