मेक्सिकोकाे राष्ट्रपतिमा वामनेता ओब्राडोर निर्वाचित



२० असार २०७५, काठमाडौं

मेक्सिकोकाे राष्ट्रपतिमा वामनेता एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोर निर्वाचित भएका छन्। हालै भएको निर्वाचनमा एन्ड्रेस अत्याधिक बहुमतका साथ निर्वाचित भएका हुन्।

मेक्सिको सिटीका पुर्व मेयर समेत रहेका ६४ वर्षिय ओब्राडोरले आफु निर्वाचित भए सम्पूर्ण भ्रष्टाचारीहरुलाई कारबाही गर्ने प्रतिवध्दता चुनाव अघि जनाएका थिए। मेक्सिकोमा एक लोकप्रिया नेताको रुपमा परिचित ओब्राडोर राष्ट्रपतिमा निर्वाचित भएसँगै झण्डै एक शताब्दी शासन गरेका दुई पार्टीहरु इन्स्टिट्युशन रिभोलुसनरी पार्टी र नेशनल याक्सन पार्टीको वर्चस्व अन्त्य गरेका छन्।

व्यापक रुपमा फैलिएको भ्रष्टाचार, अपराध र दण्डहीनतालाई लिएर निवर्तमान राष्ट्रपति इनरिके पेंया नियटो र उनको प्रशासनप्रति आक्रोशित बनेका मेक्सिकनहरुले जसरि भए पनि सत्ता समीकरण फेर्न चाहान्थे। त्यसै अनुरुप ५१ प्रतिशत भन्दा बढी मत दिएर ओब्राडोरलाई मेक्सिकन जनताले राष्ट्रपतिमा निर्वाचित गराएका थिए।

यसपालिको चुनावी अभियानलाई मेक्सिकोमा अहिलेसम्म कै सिंस्रात्मक राजनैतिक अभियानको रुपमा लिइएको छ। जसमा  १ सय ३० भन्दा बढी उम्मेदवार र राजनीतिक कार्यकर्ताको हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस्