डा. केसीलाई मार्न चाहनेहरु कम्युनिष्टको नाममा कलंक : रविन्द्र मिश्र



२१ असार २०७५, काठमाडौं

विवेवशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले डा. गोविन्द केसी र गंगामायाको मागलाई सम्बोधन नगरेकोमा सरकारप्रति आक्रोश पोखेका छन् । उनले ट्वीट गर्दै कम्युनिष्टहरुप्रति यसो भनेका हुन् ।

मिश्रले ट्वीटमा लेखेका छन्,‘नेता र नेता पत्नी विरामी भए दिल्ली र सिंगापुर उपचार । न्यायको भिख माग्ने गंगामाया अनि दूरदराजका विपन्न जनताको स्वास्थ्य सेवाका लागि निस्वार्थ लड्ने डा. गोविन्द केसीलाई चाहीँ तिमीहरु मर्न चाहन्छौं । धिक्कार छ, तिमीहरुलाई । तिमीहरु कम्युनिष्टको नाममा कलंक हौं ।’


 

प्रतिक्रिया दिनुहोस्